धनगढीः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले आज शैक्षिक हड्तालको घोषणा गरेको छ।
अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रिय कार्यक्रम अन्तरगत शुल्क वृद्धिका विरुद्ध पिसीएल नर्सिङ, एचए, डिप्लोमा इन फार्मेसी संचालित सम्पूर्ण शैक्षिक संस्थाहरुमा शैक्षिक हडताल गरिएको जनाएको छ।
‘जटिल आर्थिक परिवेशमा अभिभावक र विद्यार्थीको ढाड सेक्ने गरि गरिएको शुल्क वृद्धिका विरुद्ध हामी चरणबद्ध संघर्षमा छौं। आम जनताका छोराछोरीहरु स्वास्थ शिक्षाबाट वन्चित हुने सिटिईभिटीको उक्त कदम प्रति घोर भत्सर्ना र निन्दा व्यक्त गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ‘नाजायज र अन्यायपुर्ण तरिकाले सिटिईभिटि प्रशासन र निजी शैक्षिक संस्थाका संचालकहरुबीच भएको आर्थिक लेनदेन सहितको मिलोमतोमा शुल्क वृद्धि गरिएको कुरा ठहर गर्दै हाम्रो संगठनले देशव्यापी संघर्षको शुरुआत गरेको छ।’