धनगढी: बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व अख्तियार प्रमुख दीप बस्नेत भारतमा लुकेको जनाइएको छ।
सिआइबी स्रोतले उनी अहिले पनि भारतको नयाँ दिल्लीमा लुकेर बसेको जनाएको हो।
हिजो उनी पक्राउ परेको हल्ला फैलिएपनी उनी अहिलेसम्म नसमातिएको तर खोजी जारी रहेको सिआइबी स्रोतको दाबी छ।
सिआइबीका इन्सपेक्टर राजेश थापाले बस्नेत पक्राउ परेको कुरा झुटो भएको महेन्द्रनगरपोष्टलाई बताए। उक्त प्रकरणमा अदालतले असार १५ गते पक्राउ पुर्जी जारी गर्नुअघि उनी असार १२ गते नयाँ दिल्ली गएका थिए। त्यसबेला बस्नेत उपचारको लागि त्यता गएको बताइएको थियो।
ललिता निवास प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।
Facebook Comments Box