धनगढी: एक क्विन्टल सुन तस्करी प्रकरणमा शंकास्पद ठानिएका एक चिनियाँ नागरिक पक्राउ परेका छन्। चछ्याङ लिन नामका चिनियाँ नागरिकलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएको हो।
विमानस्थलको प्रस्थान कक्षबाट बाहिरने क्रममा उनलाई अध्यागमन कार्यालय गौचरले पक्राउ गरेको जनाइएको छ। यसबारे थप अनुसन्धान गर्न अध्यागमन कार्यालयले उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ।
विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजाने क्रममा करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले हिजो सिनामंगलबाट बरामद गरेको थियो।
Facebook Comments Box