धनगढीः धनगढीको खुटिया नदीमा सडेको अवस्थामा वेवारिसे शव भेटिएको छ। धनगढी उपमहानगरपालिका–१२ भएर बग्ने खुटिया नदीको किनारमा बिहीबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कुलदिप चन्दले पहिचान नखुलेको ४०÷४५ वर्षीय पुरुषको शव भेटिएको जानकारी दिए।
उनकाअनुसार नदी किनारमा शवलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उक्त शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
Facebook Comments Box