काठमाडाैं: मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गरेको छ। बुधवार बसेकाे मन्त्रिपरिषद्को बैठकले १३ जना सचिवको सरुवा गरेको हो।
भर्खरै सचिव भएका दुई जनाको भने पदस्थापन भएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव सुरेश अधिकारीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ। शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीलाई राष्ट्रिय वित्त आयोगमा सरुवा गरिएको छ । आयोगका सचिव भरतमणि सुवेदीलाई भने पर्यटन मन्त्रालयमा तानिएको छ ।
त्यस्तै युवा तथा खेलकुद मन्त्रालयलयका सचिव सुर्यप्रसाद गौतमलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ । निर्वाचन आयोगमा लामो समय बसेका गोकर्णमणि दुवाडीलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ । भूमि व्यवस्था मन्त्रालयका सचिव दामोदर रेग्मीलाई सार्वजनिक खरिद तथा अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।
सार्वजनिक खरिद तथा अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । उपराष्ट्रपति कार्यालयका सचिव तोयम रायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको छ । उक्त कार्यालयमा रामप्रसाद थपलिया रहेका थिए । थपलियाको अवकाश भएकोले रायलाई जिम्मेवारी दिएको बताइएको छ ।
त्यस्तै, कर्णाली प्रदेशको प्रमुख सचिव रहेका गोपी खनाललाई पनि प्रधानमन्त्री कार्यालयमा तानिएको छ। लामो समयदेखि रिक्त रहेको उद्योग सचिवमा भने बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलालाई सरुवा गरिएको छ । गण्डकी प्रदेशको प्रमुख सचिव रहेका रविलाल पन्थलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।
गण्डकी प्रदेशको प्रमुख सचिवमा भर्खरै सचिवमा बढुवा भएकी लक्ष्मी बस्नेतलाई पठाइएको छ । उद्योग मन्त्रालयमा निरौला तानिएपछि रिक्त रहेको बागमती प्रदेशको प्रमुख सचिवमा भर्खरै सचिव बढुवा भएका घनश्याम उपाध्यायलाई पठाइएको छ ।