धनगढीः सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीसहित मन्त्रालयको टोलीले कैलालीको गोदावरी नगरपालिका–१२, स्थित रातोपानी सामुदायिक वनमा भएको वन फडानीको अनुगमन गरेको छ। वन क्षेत्रमा व्यापकरुपमा रुख कटान गरी काठ तस्करी भएको विषयमा महेन्द्रनगरपोष्टले पहिलोपटक समाचार प्रकाशन गरेको थियो। त्यसपछि मन्त्रालयका सचिव बेदकुमार ढकाललाई लिएर मन्त्री धामी अनुगमनमा गएका हुन्।
मन्त्रीसहितको टोलीले वनत्रभित्र रुख कटान गरिएको क्षेत्रको निरीक्षण गरेको जनाएको छ। यस्तै सामुदायिक वनभित्र सालका २२ वटा रुख कटान भएको पाइएको छ। वनका पदाधिकारीको संलग्नतामा नै वन फडानी भएको उपभोक्ताको आरोप छ।
रुख काटेर काठ तस्करीमा संलग्न भएको आरोपमा उक्त वन उपभोक्ता समूहको कार्यसमितिका दुई जना सदस्य यसअघि नै पक्राउ परेका छन्। उपभोक्ता समितिका सदस्य टेकराज ओझा र कर्णबहादुर बिकलाई पक्राउ गरेर वन मुद्दा चलाइएको सव वन डिभिजन कार्यालय अत्तरियाले जनाएको छ।
वन क्षेत्रको निरीक्षण गरेका मन्त्री धामीले छानविन गरेर वन फडानीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्।
यो पनि: