बैतडी: बैतडीको सिगास गाउँपालिका४ बिसुनाका २२ वर्षीय डम्बरसिंह धामीको भारतमा मृत्यु भएको छ । बेंगलुर उटी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेर उनको मृत्यु भएको सिगास४ का वडा अध्यक्ष हरिश बोहराले बताए ।
उनका अनुसार डम्बर १२ दिन पहिले मात्रै आफ्नै काकासँग पैसा कमाउन बेंगलुर गएका थिए । होटेलमा काम गरेर काकाको क्वाटरमा जाँदै गरेका उनलाई बिहीवार बिहान गाडिले ठक्कर दिएको थियो ।
धामीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको उनका आफन्त तिलकसिंह धामीले बताए । डम्बर घरको एक्लो छोरा हुन् । उनको घरमा श्रीमती र एक छोरी छन् ।
Facebook Comments Box