डोटी: डोटीमा गत आर्थिक वर्षमा १ अर्ब ३ करोड ५७ लाख ६९ हजार ७ सय ४१ रकम फ्रिज गएको छ। जिल्लाको चालु र पुँजीगत गरी जम्मा १० अर्ब २ करोड ५ लाख ९९ हजार २ सय २ रकम मध्य ९ अर्ब ९८ करोड ४८ लाख २९ हजार ४ सय ६० रकम खर्च भएको छ।
तर, १ अर्ब ३ करोड ५७ लाख ६९ हजार ७ सय ४१ रुपैयाँ खर्च हुन नसकी फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कृष्ण बहादुर धामीले बताए।
कुल रकममा चालु भन्दा पुँजीगत रकम कम खर्च भएको देखिएको छ। चालुतर्फ कुल ७ अर्ब ९ करोड ९७ लाख ६३ हजार २ सय २ रकम मध्ये ६ अर्ब ७० करोड ४७ लाख ६३ हजार ७ सय ९० रकम खर्च भएको छ। भने, पुँजीगततर्फ कुल २ अर्ब ९२ करोड ८ लाख ३६ हजार रकम मध्ये २ अर्ब २८ करोड ६५ हजार ६ सय ७० रकम मात्र खर्च हुन सकेको समेत कार्यालयले जनाएको छ।
९ स्थानीय तह रहेको डोटीमा सायल गाउँपालिकाकाको सबै भन्दा बढी रकम फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कृष्ण बहादुर धामीले बताए।
आर्थिक वर्ष ०७९/०८० मा सायल गाउँपालिकामा चालु र पुँजीगतमा भएको निकासा मध्य ४ करोड ९ लाख ४१ हजार रकम खर्च हुन नसकी फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय डोटीले जनाएको छ।
यस्तै सबैभन्दा कम केआई सिंह गाउँपालिकाको रकम फ्रिज गएको छ। चालु र पुँजीगत गरी कुल बजेटको १ करोड ८० लाख ६२ हजार ७९ रकम खर्च गर्न नसकी फ्रिज गएको कार्यालयले जनाएको छ।