काठमाडौं– पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ ।
मंगलबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विभागले जनाएको छ।
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
यता बुधबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। पहाडी भू–भागहरूका केही र तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
त्यस्तै बिहीबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। पहाडी भू–भागहरूका केही र तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।