काठमाडौं– सत्ता गठबन्धन दलले स्थानीय तहको चुनावी तालमेलका लागि मापदण्ड बनाउने तयारी थालेको छ । तालमेलका लाग छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजेका लागि बैठक आह्जान गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
उनले गठबन्धनका उम्मेदवार जिताउनेबारे विस्तृत छलफल र चुनावी तालमेलको मापदण्डबारे निष्कर्ष निकालिने बताए । गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।
देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरुको आग्रह छ ।
Facebook Comments Box