सर्लाही: सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षकको मृत्यु भएको छ।
सदरमुकाम मंगलगवास्थित कार्यालयबाट घरतर्फ फर्किंदै गर्दा वाग्मती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षक २९ वर्षीय वसन्त साहको मृत्यु भएको हो।
ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी साह फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोलनजिकै रहेको पुलमुनि मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
Facebook Comments Box