धनगढी: सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वर्ष ११ पुसमा सुदूरपश्चिम स्वयंसेवक परीचालन कार्यक्रमका लागि आवेदन मागेको थियो । वि.सं. २०८० असार मसान्तसम्म काम गर्न भनी मागिएको आवेदनको आर्थिक वर्ष सकिंदा पनि नतिजा आएको छैन ।
स्वयंसेवकको नतिजा प्रकाशनको विषयमा आफूलाई थाहा नभएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्की बताउँछन् । स्वयंसेवकको नतिजा प्रकाशनको विषयमा कुनै निर्णय नभएको उच्च शिक्षा शाखाका शाखा प्रमुख गोपालदत्त जोशीले बताए ।
सामाजिक विकास मन्त्रालयले प्रदेशका ९ वटै जिल्लामा तोकिएका निकायमा काम गर्नका लागि भनेर हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अनमी, सामाजिक विकास अभियन्ता, ना।प।स्वा।प्रा ९भेटनरी० र ना प्रा।स ९कृषि० तर्फका लागि आवेदन माग गरेको थियो ।
९ वटै जिल्लामा काम गर्ने गरी ९२ जना स्टाफ नर्स, ४० जना सामाजिक विकास अभियन्ता, १८ जना हेल्थ असिस्टेन्ट, १० जना अनमी, ९ जना भेटनरी जेटीए र ९ जना कृषि जेटीएका लागि आवेदन माग गरिएको थियो । उक्त पदहरुमा २ हजार ६ सय १८ जनाले आवेदन दिएका थिए । सामाजिक विकास अभियन्तामा १ हजार ८ सय ६० जना, कृषि जेटीएमा लागि ३ सय ३४ जना, भेटनरी जेटीएका लागि १ सय ३० जना, अनमीमा १ सय १६ जना, स्टाफ नर्समा १ सय जना र हेल्थ असिस्टेन्टको लागि ७९ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा स्वयंसेवाको भावना अभिवृद्धि गर्न, अल्पसमयको रोजगारी सिर्जना गर्न, समाजमा ब्याप्त कुरिती, कूप्रथा न्यूनीकरणकरणमा योगदान पु¥याउन र प्रदेश सरकारबाट प्रदान गरिने सेवालाई प्रभावकारी, गुणस्तरीय र परिणाममुखी बनाएर प्रदेशको विकासमा योगदानको लागि स्वयंसेवक परीचालन गर्न स्वयंसेवक परिचालन कार्यविधी, २०७६ मन्त्रिपरिषद्बाट स्वीकृत गरेर लागु गरेको थियो । कार्यविधीमा खटाइएको स्वयंसेवकहरुलाई मासिक रुपमा निर्वाह भत्ता उपलब्ध गराइने उल्लेख छ ।