कैलाली: धनगढीमा एम्बुलेन्सको ठक्करबाट पैदल यात्री घाईते भएका छन् ।
धनगढी उप-महानगरपालीका १३ भाटभटेनी नजिक चौमलाबाट धनगढी तर्फ आउदै गरेको गौरीगंगा नगरपालिकाको सु.प.प्र.०१००१ च ३६१८ नं.को एम्बुलेन्सले ठक्कर दिँदा कालीकोट रासकोट न.पा.५ बस्ने बर्ष २८ को नकुल शाही घाईते भएका हुन् ।
एम्बुलेन्सको ठक्करबाट शाहीको दुबै घुडा र निधारमा चोट लागेको छ । हाल उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भई रहेको छ ।
एम्बुलेन्स र चालक गोदावरी न।पा।८ बस्ने बर्ष ४५ को जित राम चौधरी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Facebook Comments Box