बाजुरा: बाजुराका एक बिरामीले उपचार नै नपाएर ज्यान गुमानु परेको छ। उपचारका लागि जिल्ला बाहिर जाने साधन नहुँदा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उच्च रक्तचापका कारण भर्ना भएका उनको मृत्यु भएको हो।
मुगु खत्याड गाउँपालिकाका–११ का ६० वर्षीय बीर्खबहादुर कार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ।
मंगलबार स्वास्थ्य केन्द्रले कार्कीलाई नेपालगञ्जमा लैजान रिफर गरेको थियो। तर, ठाउँ–ठाउँमा पहिरोका कारण बाटो बन्द भएकाले आफन्तले जहाज कुर्दाकुर्दै मंगलबार राति १२ः३० बजे उनको ज्यान गएको छ ।
कार्कीलाई ६ दिन पहिले खत्याड गाउँपालिकाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई मंगलबार नै कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो।
Facebook Comments Box