नेपालगञ्ज: बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका १ कुसुम बजारबाट बुधबार सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड बरामद गरेको छ।
नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा शंकास्पद रूपमा देखिएको उल्लेखित मूल्यको एनटिसी र एनसिएलको रिचार्ज कार्ड सुरक्षा बेस कुसुमले बरामद गरेको हो।
बरामद रिचार्ज कार्ड राजश्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको छ।
Facebook Comments Box