बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका-१ मा महिलाहरुलाई सिलाई कटाई तालिम दिइएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउन वडाको बजेटबाट सिलाई कटाई तालिम दिइएको वडा अध्यक्ष दिवान सार्कीले बताए ।
९ गतदेखि सञ्चालन भएको तालिममा ३० जना महिला सहभागी रहेका बताइएको छ । तालिम एक सय २० दिनसम्म सञ्चालन हुनेछ । तालिमपछि महिलाहरुले व्यवसायिक रुपमा काम गर्न चाहे वडाले सहयोग गर्ने वडाध्यक्ष सार्कीको भनाइ छ ।
Facebook Comments Box