कैलाली: कैलालीको लम्कीचुहा नगरपालिकाले अतिक्रमित संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले अतिक्रमित खोला तथा नाली खाली गराउने कार्य सुरु गरेको हो ।
नगरपालिकाले लम्कीचुहा-१ लम्की बजारको पायनियर्स विद्यालय नजिकको नालाबाट अतिक्रमित भएको ठाउँको रेखांकन कार्य सुरु गरेको थियो ।
आजदेखि रेखांकन गरिएका ठाउँमा डोजर चलाइएको छ । आज विद्यालयको उत्तरपट्टी गेट नजिकैबाट डोजर लगाएर संरचनाहरु हटाउने कार्य थालिएको छ ।
पटपटक आफूहरुले सूचना जारी गरेको भन्दै नगरप्रमुख सुशिला शाहीले अब खोलानाला तथा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन नरोकिने बताइन् ।
Facebook Comments Box