कञ्चनपुर : कञ्चनपुरमा अवैध रुपमा भन्सार छली ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।
शुक्रबार दिउँसो जिल्लाको भिमदत्त नगरपालिका भि.न.पा.६ भानुपार्टि प्लेस नजिक चन्द्र सिह बिष्टले संचालन गरेको घटाल दृष्टि मार्केटिङको गोदाममा भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका पन्ध्र लाख सन्ताउन्न हजार चार सय असी रुपैयाँ बराबरको कुर्ता सुरुवाल,मखमल सुट, पेटिकोटको कपडा,मेक्सी कपडा,सुतीको धोती,गम्छा(तौलिया) ,सर्टको कपडा,पाईन्ट सर्ट कपडा, रातो सेतो सारी लगायत बिभिन्न किसिमका लत्ता कपडा जिल्ला प्रहरीले बरामद गरेको हो ।
बरामद सामान आवश्यक कार्वाहीको लागि २ जना मानिस सहित भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ । ।
Facebook Comments Box