काठमाडौँ : मिटर ब्याजबाट पीडितहरूले राष्ट्रपति रामचन्द्र पौडेलले आज मात्र प्रमाणीकरण गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ जलाएका छन् ।
दुवै सदनले पास गरेको यो विधेयकले आफूहरूको माग पूरा नगरेको भन्दै मिटर ब्याज पीडितहरूको एक समूहले यो विधेयक जलाएका हुन् ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै विधेयकले कानुनको रूप लिएको छ । तर यो कानूनले पनि आफूहरूको समस्या समाधान नगर्ने मिटर ब्याज पीडितहरूको भनाइ छ ।
Facebook Comments Box