धनगढी : कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।
शुक्रबार विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले जिल्ला डडेल्धुरा पर्शुराम नगरपालिका- ११ घर भएर गोदावरी नगरपालिका-१ अत्तरियास्थित नमस्ते होटलको गल्लीमा डेरा गरि बस्ने खडक बिष्टलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल २ ग्राम ८० मिलीग्राम र आलिताल गाउपालिका ६ स्थायी घर भएका बिष्णु बिष्टको साथबाट शुद्ध तौल ७० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरेको हो।
विष्टद्वयलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। त्यस्तै, ईलाका प्रहरी कार्यालय मालाखेतीबाटै सादा पोशाकमा खटिएको प्रहरी टोलीले गोदावरी- २ बस्ने दिलिप कडायतलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट पनि ९६५ मिलीग्राम लागुऔषध फेला परेको जनाएको छ।
कडायतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको पनि प्रहरीले बताएको छ।