काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरबीच भेटवार्ता भएको छ । नायरले भद्रकालीस्थित जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् ।
प्रधानसेनापति शर्माको कार्यालयमा भएको भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
भेटघाटले दुई देशका सेनाबीचको सम्बन्ध सुमधुर बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ।
Facebook Comments Box