एन्जेन्सी श्रीलंकाले केही समय विदेशी ऋण तिर्न नसक्ने घोषणा गरेको छ । श्रीलंककाले कुल ५१ अर्ब अमेरिकी डलर बिदेशी ऋण तिर्नुपर्ने छ । दिनप्रतिदिन विदेशी मुद्राको सञ्चिति कम भएर आर्थिक संकट बढ्दै गएपछि मंगलबार त्यहाँको सरकारले यस्तो घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट बेलआउट प्याकेज पाउन नसकेको र अत्यावश्यक वस्तु किन्नकै लागि विदेशी मुद्राको अभाव भएकोले विदेशी तत्काल विदेशी ऋणका साँवा र ब्याजका किस्ताहरु भुक्तान गर्न नसक्ने त्यहाँको अर्थ सचिव महिन्दा सिरिवर्दले मंगलबार बताएका छन् ।
श्रीलकाकाको अर्थमन्त्रालयले मंगलबारपछि जुनसुकै विदेशी ऋणतादाले कि त ब्याज तथा साँवा भुक्तानीका लागि कुर्नुपर्ने वा श्रीलंकाली मुद्रामै भुक्तान लिन तयार हुनुपर्ने बताएको छ ।
त्यहाँका नवनियुक्त गभर्नर नन्दलाल वीरसिंघेले अत्यावश्यक सामान खरिदका लागि मात्र अहिले मौज्दात रहेको विदेशी मुद्रा खर्च गरिने छ ।
श्रीलंकाको कुल बाह्य ऋण (विदेशी ऋण) ५१ करोड डलर छ । अघिल्ला वर्ष देशको कुल ऋण ३५ अर्ब थियो । एक वर्षमा देशको ऋण १६ अर्ब डलरले बढेको हो । श्रीलंकालाई ज्यादा ऋण प्रवाह गर्नेमा प्रमुख दातृ देश चीन र जापान हुन् ।