धनगढीः सुदूरपश्चिम प्रदेश सरकार आज नै विस्तार गर्ने तयारी भइरहेको छ। आज नै २ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्ने तयारी भएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए।
यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री तथा नेपाली कांग्रेसले १ मन्त्री पाउने छन्। नाउपाले १ मन्त्री र १ राज्यमन्त्रीको नाम टुंग्याएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्य मन्त्रीमा कैलाश चौधरीलाई मन्त्री बनाउन नागरिक उन्मुक्तिले सिफारिस गरेको छ।
कांग्रेसले भने ४ बजे संसदीय दलको बैठक बोलाएको छ। उक्त बैठकमा मन्त्री टुंग्याउने कांग्रेसको तयारी छ। बैतडीबाट निर्वाचित शिवराज भट्टलाई कांग्रेसले मन्त्री बनाउने तयारी गरेको कांग्रेस स्रोतको दाबी छ।
Facebook Comments Box