कैलाली : सुदूरपश्चिम प्रदेशमा २ मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख देवराज जोशीले मन्त्रीहरु रामेश्वर चौधरी र शिवराज भट्ट तथा राज्यमन्त्री कैलाश चौधरीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
आजै मुख्यमन्त्री कमलबहादुर शाहले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र आन्तरिक मामिला तथा कानूनमन्त्रीमा कांग्रेसका शिवराज भट्ट नियुक्त गरेका थिए ।
राज्य मन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भएका हुन् ।
Facebook Comments Box