धनगढी : एससीसीको सचिवमा हाल अष्ट्रेलिया रहेका धनगढीका किशोर कुँवर निर्वाचित भएका छन् ।
उनले चुनावमा विजयी भएसँगै गैर आवासीय नेपालीहरुको अधिकार र भलाइका लागि वकालत गर्दै समुदायमा एकता बढाउन र सांस्कृतिक सम्पदा र पहिचानलाई सम्बोधन गर्ने बताएका छन् ।
वेस्टर्न अष्ट्रेलिया, पर्थमा रहेका उनले गैर आवासीय नेपाली र मातृभूमिबीचकाे सम्बन्धलाई मजबुत बनाउने प्रयास गर्दै समुदायको उन्नतिका लागि अथक प्रयास गर्ने बाचा गरेका छन् ।
उनले संस्थाले अंगालेका नीति र कार्यक्रमलाई राज्य स्तरसम्म पुर्याउनुका साथै राष्ट्रिय समन्वय समिति र डब्लुएलाई जोड्दै, सहकार्य गर्दै एनआरएनए डब्लुएको आवाज केन्द्र सम्म पुर्याउन पहल गर्ने बताएका छन् ।
त्यस्तै नेपाली भाषा, साहित्य र कलाको संरक्षण र प्रवर्द्धनका लागि अन्य राज्यहरुले जस्तै “Nepal Festival” लाई पर्थमा निरन्तरता दिने काममा अग्रसर हुने, नावा लगायत अन्य संघ संस्था सँग सहकार्य गर्दै पर्थमा नेपाली भाषा, साहित्य, संस्कृति , पर्यटन तथा बालबालिका र खेलकुदसँग सम्बन्धित गतिबिधीहरुलाई निरन्तर सहयोग र प्रोत्साहान गर्ने, प्रशासनिक हिसाबले सबै कामहरु समयमै सम्पादन गरी संस्थाको कार्यविधिहरु सहज बनाउनुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय समन्वय परिषदसँग निरन्तर सहकार्य गरी एनआरएनएको उद्देश्य प्राप्तीमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।