कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ । नगरका विभिन्न विद्यालयमा अध्यापन गराउँदै आएका निजी स्रोतका शिक्षकहरुले तालाबन्दी गरेका हुन् ।
निजी स्रोत शिक्षक संघर्ष समिति शुक्लाफाँटाले निजी स्रोत शिक्षकलाई स्वतः नगर शिक्षक घोषणा गर्ने लगायत ३ सुत्रीय माग गर्दै विगत ६ दिनदेखि विभिन्न आन्दोलनका कायक्रम गर्दै आएको थियो ।
समितिका अध्यक्ष समेत रहेका भुपेन्द्र सिंह धामीले ज्ञापन पत्र, विज्ञप्ति र धर्ना कार्यक्रम गर्दा पनि माग सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताए । उनले माग पूरा नभएसम्म तालाबन्दी यथावत रहने बताए ।
आन्दोनलमा शुक्लाफाँटामा क्रियाशील नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन लगायत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनको समेत एक्यवद्धता रहेकोे छ ।
Facebook Comments Box