दाङ: जुको अस्तु सेलाउन गएका दाङ तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका लोकेन्द्र भुसाल नारायणी नदीले बगाएर बेपत्ता भएका छन् । उनी बिहीवार दाजु रेमन्तको अस्तु देवघाटमा सेलाउन गएका थिए ।
रेमन्तका फुपूका छोरा ३२ वर्षीय लोकेन्द्रलाई शुक्रवार बिहान नारायणी नदीले बगाएको चितवन प्रहरीलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जानकारी दिएको छ । बेपत्ता लोकेन्द्रको खोजी भइरहेको प्रहरीले बताएको छ ।
तुलसीपुर–१२ को रझेनामा साउन १५ गते बेलुका मोटरसाइकल र स्कुटर ठोकिँदा गम्भीर घाइते भएका रेमन्तको उपचारका क्रममा बुधवार भारतको लखनउमा ज्यान गएको थियो ।
Facebook Comments Box