काठमाडौँ: दोलखामा पहिरोमा परेर तीन वर्षीय बालकको मृत्यु भएको छ । गौरीशङ्कर गाउँपालिका–७ टोपाटारमा गएराति पहिरो खस्दा तीन वर्षीय प्रिन्स थामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा तीन जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् । हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती बेपत्ता भएका छन् ।
दुई जना घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ । एक जनाको दोलखामा नै उपचार भइरहेको छ । बेपत्ताहरुको खोजी भइरहेको बताइएको छ ।
Facebook Comments Box