कञ्चनपुर: कञ्चनपुरको बेलौरी छोटी भन्सार सञ्चालनको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाइएको छ ।
शुक्रवार पूर्व खानेपानीमन्त्री विना मगरसहित बेलौरी उद्योग वाणिज्य संघका पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
बेलौरीवासीले लामो समयदेखि बन्द अवस्थामा रहेको छोटी भन्सार सञ्चालनको माग गर्दै आएका छन् ।
Facebook Comments Box