बैतडी: बैतडीमा सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका-४ रक्सौनका ९ वर्षीय रेशम विकको सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।
देउलेक–कान्धार सडक अन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीय बलदेव विकले बताए ।
ढुंगा लागेर अर्का एक बालक घाइते भएका छन् । मामाघर आएका सिगास-३ गजेडाका ७ वर्षीय अनिल चुनारा घाइते भएका हुन् । उनको धनगढीमा उपचार भइरहेको छ ।
शुक्रवार दिउँसो सडक तलतिर बालबालिकाहरु खेलिरहेको अवस्थामा कच्ची सडकमाथिबाट एक्कासी ढुंगा खसेको थियो ।
Facebook Comments Box