काठमाडौँ: सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्ला भएर बग्ने नदीहरुमा पानीको बहाव बढ्ने अनुमान गरिएको छ ।
बैतडी, दार्चुला, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, कैलाली र कञ्चनपुर भएर बग्ने तथा आसपासका नदीहरुमा पानीको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाकाली नदीमा पनि जलस्तर बढ्न सक्ने अनुमान गरिएको छ ।
वर्षाका कारण ठुला तथा साना नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Facebook Comments Box