धनगढीः कैलाली अदालतको एक तथ्यांकले सरकारी अड्डाको अभिलेखिकरण र त्यसको महत्त्व एक संवेदनशीलता कति हुन्छ ? भन्ने देखाएको छ।जसम जिल्ला अदालत कैलालीका ३९० मिसिलमा किरा लागेको पाइएको छ। अदालतका २४ हजार ९ सय ४० मिसिलमध्ये ३९० मिसिल किरा लागेर काम नलाग्ने भएका छन्।
पछिल्लो समयको प्रविधि अनुरुप मिसिलको अभिलेखिकरण हुनेपर्ने भएपनी कैलाली अदालतले त्यो गर्न सकेको छैन।अहिलेसम्ममा २४ हजार ५५० मिसिल नयाँ प्रविधि अनुसार सफ्टवेयरमा राखिएको भए पनि बाँकी ३९० मिसिल राख्न नसकिने अवस्थामा रहेको जिल्ला अदालतका श्रेस्तेदार मानबहादुर विष्टले बताए।
तर, जिल्ला अदालत कैलालीले हाल भने सर्वोच्च अदालतले समेत हेर्न मिल्ने गरेर मिसिलहरु इन्टरनेटमा सुरक्षित राख्दै आएको जनाएको छ। यसरी मिसिलहरुमा किरा लाग्दा त्यो मिसिलको अस्तित्व नै मेटिएको बुझिएको छ।
Facebook Comments Box