धनगढी:श्रीमानले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दिन सक्ने प्रावधान लागु भएपछि कैलालीमा अदालत धाउने पुरुषको संख्या बढ्दै गएको छ ।
जिल्ला अदालतकाअनुसार सोही कानुनी व्यवस्थाका कारण कैलालीमा सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने महिलाको भन्दा पुरुषको संख्या झण्डै दोब्बर पुग्न थालेको छ ।
गत आर्थिक वर्षमा जिल्ला अदालतमा ६ सय ९३ वटा सम्बन्ध विच्छेद सम्बन्धीका मुद्दा दर्ता भएकोमा चार सय मुद्दा पुरुषले मात्र दिएका छन् । ती मध्ये ४ सय ७९ मुद्दाको अन्तिम सुनवाई भएको छ भने २१४ मुद्दा फछ्यौट गर्न बाँकी छन् ।
Facebook Comments Box