काठमाडौं : आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्ने काम अनलाइनबाट हुने भएको छ ।
परराष्ट्रमन्त्री एन.पी. साउदले आज प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।
कन्सुलर सेवा विभागले वेबसाइटबाटै रिपोर्ट प्रमाणीकरणका लागि आवेदन तथा अनलाइन राजस्व भुक्तानीको व्यवस्था गरेको छ ।
यसअघि पुलिस रिपोर्टमा विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ त्रिपुरेश्वरस्थित विभागको कार्यलयमा जानुपर्ने बाध्यता थियो ।
अनलाइनबाटै प्रमाणीकरण गर्न सकिने भएपछि विदेशमा रोजगारी तथा अध्ययन गर्न चाहनेहरुले घरबाटै रिपोर्ट प्रिन्ट गर्न सक्नेछ ।
Facebook Comments Box