बैतडी: बैतडीमा सासुले बुहारीलाई हँसियाले हानेर घाइते बनाएकी छिन् । जिल्लाको सुर्नया गाउँपालिका-५ हरिचनकी जानकी मडैले आफ्नै बुहारी राधिका मडैलाई हँसियाले प्रहार गरेकी हुन् ।
शनिवार दिउँसो सासु जानकीले बुहारी राधिकाको टाउको र शरीरका अन्य ठाउँमा हँसियाले हानेर घाउ बनाएकी राधिकाकी भाउजू सरिता बोहरा महराले बताइन् ।
जानकीले राधिकालाई पटक पटक कुटपिट गर्दै आएकी बताइएको छ । सासुले लगातार कुटपिट गर्न थालेपछि राधिकाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले दुवै पक्षलाई बोलाएर घटनाका विषयमा अनुसन्धान गरिने बताएका छन् ।
सासु जानकीले हँसियाले हान्न थालेपछि उनी हिजै भागेर माइत पुगेकी थिइन् । पीडित महिलाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।
Facebook Comments Box