बैतडी: बैतडीको पाटन नगरपालिका-६ पाटन बाजरमा सञ्चालित दुई क्लिनिक सिल गरिएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाको संयुक्त अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालनमा रहेका दुई क्लिनिक सिल गरेको हो ।
इलाका प्रहरी कार्यालय पाटन अगाडि सुर्खेतका फत्तबहादुर खड्काले सञ्चालन गरेको निभा स्वास्थ्य क्लिनिक दर्ता नै नगरेर सञ्चालन गरेको पाइएपछि सिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । क्लिनिकबाट अवैध गर्भवतनका औषधी र चिकित्सकको सल्लाह बिना विक्री वितरण गर्न नपाउने औषधी समेत बरामद गरी नष्ट गरिएको छ ।
त्यस्तै, पाटन बजारमै रहेको ओम कान्तिपुर डेन्टल केयर दन्त क्लिनिक पनि सिल गरिएको छ । दर्ता बिना मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएकाले दन्त क्लिनिक पनि सिल गरिएको बताइएको छ ।
Facebook Comments Box