धनगढी: अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीय विनोद शाहीको हत्याका मुख्य आरोपित सर्जनबहादुर शाही पक्राउ परेका छन्।
उनलाई काठमाडौंको धापासीबाट राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङ, सचिव विनय शाह, केन्द्रिय सदस्य भरत शाह, बखत शाही लगायतको टिमले समातेर चक्रपथ प्रहरीलाई बुझाएका थिए। त्यसपछि उनलाई पक्राउ गरिएको थुनामा राखेको महाराजगन्ज प्रहरी वृत्तलाईका डीएसपी अंगुर जिसीले जानकारी दिए।
यसअघि नै शाहीको हत्या संलग्न रहेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका थिए।
शाही २०७९ जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए। जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो।
त्यसपछि बेपत्ता भएका शाहीको शव २१ गते बिहान स्थानीयले फेला पारेका थिए। उनले हत्या भएको भन्दै नगरप्रमुख चलाउने सहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए।