काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लोकबहादुर थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कमा स्थायी प्रतिनिधि नियुक्त गरेका छन् ।
परराष्ट्र मन्त्रालयका सहसचिव थापालाई नेपाल सरकारको प्रस्ताव र संसदीय सुनुवाई समितिको सिफारिसपछि आज राजदूत नियुक्त गरेका हुन् ।
त्यस्तै दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई मौरिसस र जाम्बियाका लागि, चीनका लागि राजदूत विष्णुपुकार श्रेष्ठलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया र ब्राजिलका लागि राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको जनाइएको छ ।
Facebook Comments Box