काठमाडौं: अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ। पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो।
बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ। पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान छ।
Facebook Comments Box