बैतडी: बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा आइतबार दिँउसो फेला परेको बेवारिसे सुन राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाइएको छ। सुनबार कुनै वैधानिक प्रमाण नभेटिएपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
आइतबार दिउँसो काठमाण्डौबाट दार्चुलाका लागि आइरहेको सुपप्र ०२००१ ख १३०३ नम्बरको बसबाट छाडिएको सामानको पोकामा ८३ ग्राम ५२० मिलिग्राम सुन फेला परेको थियो म। बिना बिलको सुन फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनको टोलीले सुन नियन्त्रणमा लिएको थियो म।
बिना बिल संकास्पद अवस्थामा बसबाट प्रहरी चौकीको पोष्टमा छोडिएको सुनको कुनै वैधानिक प्रमाण नभेटिएको प्रहरीले स्पष्ट पारेको छ।
Facebook Comments Box