धनगढी: भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुनर्निर्माण थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
सोमबारदेखि परेको अविरल वर्षाले देशभर ठुलो भौतिक क्षति बनाएको छ भने केही ठाउँमा मानवीय क्षति पनि पुर्याएको छ।
अविरल वर्षापछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ भने केही स्थानमा पहिरो गएको छ। सडक भासिएपछि आवत–जावत पूर्णरुपमा बन्द भएको छ। बन्द भीमदत्त सडकको तत्काल पुनर्निर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई निर्देशन दिएका हुन्।
भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको खानीडाडास्थित सेल्फीडाँडामा पहिरो गएको हो।पहिरोले सडक पुरै भाँसिएको त्यहाँ अलपत्र परेका यात्रुहरुले बताएका छन्।
अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाले सम्बन्धित क्षेत्रका निर्देशकहरुलाई निर्देशन दिएका छन्।