धनगढी: कैलालीका अविरल वर्षासँगै आएको बाढीले करीब ५ सय घर डुबानमा परेका छन्। अहिले सुरक्षा संयन्त्रले प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने तथा उद्धारको काम गरिरहेको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी, गोदावरी, भजनी, जोशीपुर र कैलारी क्षेत्रका स्थानीय बाढीबाट प्रभावित भएका हुन्।
अहिलेसम्म कैलारी गाउँपालिका-७ बसन्ता, भइयाफाँटा क्षेत्रका १५० घरधुरी डुबानमा परेका छन्। त्यस्तै, जोशीपुर-३ का ५६ घर, भजनी-२ का १५, वडा नम्बर ३ का ५, ८ को १, ५ का ६५ र ७ का १५० घरधुरी प्रभावित भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Facebook Comments Box