बैतडी: बैतडीमा एक किशोरीको सर्पको टोकाइबाट मृत्यु भएको छ। जिल्लाको तल्लोस्वराडमा पर्ने पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो।
वडा नम्बर ४ का अध्यक्ष जनकबहादुर चन्दका अनुसार रातिको समयमा सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको हो।
किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्ययनरत थिइन्।
Facebook Comments Box