धनगढी: नेपाल प्रहरीका डिआइजी भरत बोहराले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ४ महिना पुगेको छ । डिआइजी बोहराले यस ४ महिनाको अवधीमा लागुऔषध कारोबार तथा सेवनमा संलग्न ३ सय ६५ जना विरुद्ध मुद्दा चलाएका छन् ।
लागुऔषध सम्बन्धी २ सय १६ मुद्दा दर्ता भएकोमा सो संख्यामा मुद्दा चलाएका हुन् ।यही अवधिमा २ करोड ३४ लाख ३२ हजार ९८ बराबरको राजश्व छली बरामद गरी चोरी तस्करी नियन्त्रण सँगै १ सय २५ जना फरार प्रतिवादी पक्राउ गरीएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
डिआइजी बोहराले गुण्डागर्दी, चोरी तस्करी र लागुऔषध कारोबार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेका छन् । जनताको जिउधन सुरक्षा र प्रहरी मेरा साथी अभियान सञ्चालन गरिरहेका बोहराले विद्यालयहरूमा ट्राफिक ज्ञान र लागु औषध सम्बन्धी जनचेतनाको लागी विद्यार्थिहरुलाई शिक्षण गराई रहेका छन् । बढ्दो दुर्व्यसनी न्यूनीकरण गर्न बोहराले प्रहरी भित्रको विज्ञ टोलिनै गठन गरेका छन् । लामो समय देखी लागु औषध नियन्त्रणमा लागेका प्रहरी अधिकृतहरूलाई विद्यालयमै पठाउने गरेको त्रिनगर माविका छात्र धर्म जोशीले बताए ।
बोहराले कमान्ड समालेको ४ महिनाकै अवधिमा जुवा तास नियन्त्रण, लगायतका विभिन्न अपराधमा संलग्नहरु लाई कानुनी दायरामा आएको तथ्याङ्कले देखाउँछ । जबर–जस्तीकरणी, घरेलु हिंसा, सवारी दुर्घट्नाहरुमा पनि कमी आएको देखिन्छ । डिआइजी बोहराले प्रहरी सङ्गठनलाई चुस्त दुरुस्त राख्न छुट्टै आरआइटी टोली लाई अन्तरवार्ता मार्फत गठन गरेर परिचालन गरेका छन् । आरआइटीले टोली लागु औषध र भन्सार छली, चोरी तस्करी नियन्त्रणमा सक्रिय छ ।