धनगढी: नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले पहिरो पीडितलाई सहयोग गरेका छन्। आज (बुधबार) अनेरास्ववियुको कैलाली जिल्ला कमिटी र राष्ट्रिय युवा संघ नेपालको धनगढी नगर कमिटीले संयुक्त रुपमा सहयोग गरेका हुन्।
अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले गोदावरी नगरपालिकास्थित वडा नम्बर ४ बुढीतोलाका ६ परिवारलाई खाद्यान्न सहयोग गरेको जानकारी दिए।
उनका अनुसार खाद्यान्न अभाव भएको जानकारी पाएपछि अनेरास्ववियुले सहयोग प्रदान गरेको हो। धनगढीबाट अनेरास्ववियुका केन्द्रिय सदस्य तथा कंचनपुर इन्चार्ज किशोर शाह, अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटी, राष्ट्रिय युवा संघ नेपालका धनगढी नगर कमिटी अध्यक्ष अभिषेक लोक नाथ, नगर सह-सचिव आयुश ओली, ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति कुबेर खड्का, युवा संघका जिल्ला सदस्य हिमान्शु शाह, अनेरास्ववियु एसपीए क्याम्पसका संयोजक ज्ञानु जेठारा लगायत गएर सहयोग हस्तान्तरण गरेका थिए।
त्यहाँका स्थानीयले सहयोग पाएपछि राहत महसुस भएको जनाएका छन्। अस्ति राति गएको पहिरोले बस्तीमा क्षति गरेको थियो।