बैतडीः बैतडीमा दुई दशक यता अधिकारका क्षेत्रमा कार्यरत महिला अधिकारकर्मी सरस्वती नेपालीलाई जातीवाद विरुद्धको विश्व च्याम्पीयन अवार्ड पाइने भएको छ।
आज बिहान अमेरीकामा भएको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो। आजै अमेरीकामा आयोजीत अवार्ड वितरण कार्यक्रममा अधिकारकर्मी नेपालीलाई अवार्ड वितरण गरिने जनाइएको छ।
उक्त अवार्ड नेपाली समय अनुसार राती ११ बजे वितरण गरिने छ। उक्त अवार्ड विश्वका ६ जना महिलालाई प्रदान गरिने छ।
अवार्ड प्राप्त गर्नेमा नेपालबाट सरस्वती नेपाली, ब्राजिलकी कारी गुजारारा, ओस्वाल्डो बलिबाओ लोबाटोन पेरु, रानी यान बंगलादेश, सादिया मोस्बाह ट्युनिसिया, भिक्टोरिना लुका मोल्डोभा रहेकी छन्।
अधिकारकर्मी नेपालीले यसअघि ५ लाख राशीको अन्तराष्ट्रि दर्नाल अवार्ड समेत प्राप्त गरिसकेकी छन्।
Facebook Comments Box