काठमाडौं: सुदूरपश्चिमका जिल्लाहरुमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वमा नवलपरासीदेखि पश्चिममा कञ्चनपुरसम्मका जिल्लाहरुमा गएराति भारी वर्षा भएको हो।
सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेल्धुराको भारतीय सीमा आसपास भारी वर्षा भएको विभागले जनाएको छ।
कञ्चनपुरको शान्तिपुर बेलौरी आसपास क्षेत्रमा अति भारी वर्षासमेत भएको छ। बेलौरीमा १२६.४ मिलिमिटर वर्षा मापन भएको छ।
यस्तै कञ्चनपुरको सुन्दरपुरमा १०९.२ र कैलालीको धनगढी एयरपोर्टमा ५४.६ मिलिमिटर वर्षा मापन भएको छ। ती जिल्लाहरुका होचा स्थानमा डुबान हुन सक्ने देखिएकाले आज बिहानसम्मै उच्च सतर्कता अपनाइराख्न जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भनेको छ।
Facebook Comments Box