धनगढीः कैलालीका पहिरो पीडितले मुख्यमन्त्री कार्यालयमा धर्ना दिएका छन् । चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका पहिरो पीडितहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिएका हुन् ।
मुख्यमन्त्री कमलबहादुर शाहसँग दुबै पालिकाका १६९ घरपरिवारले दीर्घकालीन व्यवस्थापनको माग गरेका छन् । २०७७ सालको पहिरोबाट विस्थापित भएर चुरे -४ पनेरुगडामा बसिरहेका उनीहरूलाई जेठ ६ गते त्यहाँबाट हटाइएको थियो ।
त्यसपछि आफन्तको घरमा बसिरहेका उनीहरुले चुरे र गोदावरीका जनप्रतिनिधिसँग समन्वय गरेर व्यवस्थापन गर्ने भन्दै आफूहरूलाई हटाइएको तर, अहिले कुनै चासो नदेखाएको बताएका छन् ।
Facebook Comments Box