काठमाडौँ: सुदूरपश्चिम प्रदेशमा संसदीय समिति थप गर्ने तयारी भइरहेको छ । सत्ता गठबन्धनबीच काठमाडौँमा नागरिक उन्मुक्ति पार्टीलाई दुई समिति सभापति दिने सहमति भएसँगै प्रदेशमा समितिको संख्या बढाइने भएको हो ।
यसअघि रहेका चार वटा समिति रहेकामा अब ६ समिति बनाउने तयारी भइरहेको बताइएको छ । समितिको संख्या बढाउनुअघि कार्यदल बनाइने र सो विषयमा छलफल भइरहेको प्रदेश सभामुख भीम भण्डारीले बताए ।
समितिको क्षेत्राधिकार र नामका विषयमा टुङ्गो लगाउन कार्यदल बनाइने बताइएको छ ।
Facebook Comments Box