काठमाडौँ : प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि इन्डोनेशियाका गैर आवासीय राजदूत हेरी हरुन्थो सुवोलोबीच भेटवार्ता भएको छ ।
आज जङ्गी अड्डामा उनीहरुबीच शिष्टाचार भेटघाट भएको हो ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
Facebook Comments Box